• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लागूऔषधविरुद्ध झापा अभियान सञ्चालन


  •    संवाददाता/ शनिबार, असार ०६, २०८३  

  • जिल्ला प्रहरी कार्यालय झापाले जिल्लामा भयावह बन्दै गएको लागूऔषधको समस्यालाई समाधान गर्न लागूऔषधविरुद्ध झापा अभियान सञ्चालन गरेको छ ।

    लागूऔषधको समस्या विकराल बनेपछि जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहसँग सहकार्य गर्ने गरी शनिबारदेखि लागूऔषधविरुद्ध झापा अभियान सञ्चालन गरेको हो ।

    Advertisement

    बिर्तामोड नगरपालिकासँगको सहकार्यमा आयोजित उद्घाटन कार्यक्रममा अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन् । अभियानको उद्घाटन समारोहमा जिल्लाका सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति उपस्थिति रहेको थियो ।

    Advertisement

    लागूऔषधको देशभरिकै ट्रान्जिट पोइन्ट बनेको झापाका कुनै पनि पालिका लागूऔषधको समस्याबाट अछुतो नरहेको बताइएको छ । लागूऔषधबाट सबैभन्दा बढी प्रभावित मेचीनगर, भद्रपुर, बिर्तामोड र दमक रहेका छन् ।

    तीन वटा रणनीतिसहित जिल्ला प्रहरी कार्यालयले सुरु गरेको लागूऔषधविरुद्ध झापा अभियानअन्तर्गत मुख्य गरेर पाँच प्रकारका कार्यक्रम सञ्चालन गरिने भएको छ । पहिलो कार्यक्रम पोस्टरिङ रहेको छ । पोस्टरिङ क्याम्पियनअन्तर्गत पालिकाभित्रका सबै विद्यालयहरुमा टाँस्नका लागि जनप्रतिनिधिहरुलाई पोस्टर दिइने भएको छ ।

    त्यस्तै दोस्रो कार्यक्रम टीच द टिचर्स रहेको छ । विद्यार्थीहरुलाई सचेत बनाउने कडी शिक्षकहरु भएकाले लागूऔषधविरुद्ध सचेतना जगाउन शिक्षकहरुको सहयोग लिइने भएको छ । लागूऔषधविरुद्धको कक्षा सञ्चालन गर्न १५० जना शिक्षकलाई तालिम दिई खटाइने भएको छ ।

    तेस्रो कार्यक्रम फुटबल पार्टनरसीप रहेको छ । युवा लक्षित त्यस कार्यक्रमअन्तर्गत पाँचवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गराइने भएको छ । चौथो कार्यक्रमलाई जान क्लब नाम दिइएको छ । त्यसअन्तर्गत राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजको सहयोग लिइने भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले हाल जिल्लामा लागूऔषधको अवस्था र चुनौतीका विषयमा जानकारी दिएकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.