गौरादहमा आफ्नै स्कुलको बसले किचेर एकजना विद्यार्थीको मृत्यु भएको छ ।
बुधबार साँझ ५ बजे गौरादह नगरपालिका वडा नं.७ स्थित फगेटीमा सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नं.को बसले सोही स्कुलमा अध्ययनरत खड्ग चिमरियाका छोरा चार वर्षीय आरोग्य चिमरियालाई बसबाट घर लैजान ओराल्ने क्रममा किचेको हो । बालकको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त बस र बस चालक सोही ठाउँ बस्ने ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगंजले नियन्त्रणमा लिएको छ ।
Advertisement
आवश्यक कानुनी प्रक्रियापश्चात् बालकको शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाइएको र घटनाको बिषयामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







