• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा अविरल वर्षासँगै आएको हावाहुरीले ठूलो क्षति


  •    संवाददाता/ मङ्गलबार, जेठ १२, २०८३  

  • झापाको विभिन्न स्थानमा गएराती आएको हावाहरीका कारण ठूलो क्षति पुगेको छ ।

    बिर्तामोड तथा आसपासका क्षेत्रमा अविरल वर्षासँगै आएको हावाहुरीले विभिन्न स्थानमा व्यापक क्षति पुर्‍याएको छ ।

    Advertisement

    हावाहुरीका कारण विद्युतका पोल ढल्नुका साथै घर, गोठ तथा सार्वजनिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    Advertisement

    इलाका प्रहरी कार्यालय अनारमनी तथा मातहत प्रहरी युनिटका अनुसार बिर्तामोड नगरपालिका वडा नं.३ विराट आदर्श टोल स्थित भित्री सडकमा बिजुलीको पोल ढल्दा सडक अवरुद्ध भएको थियो । सोही क्षेत्रमा रोहित खड्काको टिनको छानो भएको घरमा पीपलको रुख ढल्दा आंशिक क्षति पुगेको छ ।

    त्यस्तै नगरपालिका भवनको ग्राउण्ड फ्लोरमा आल्मुनियमबाट निर्माण गरिएको कोठाको बार तथा झ्यालढोका पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

    बिर्तामोड-३ स्थित ऐतिहासिक विराटपोखरी परिसरमा रहेको ठूलो पीपलको रुख ढल्दा नजिकै रहेको मन्दिरको आधा भागमा समेत क्षति पुगेको छ ।

    त्यसैगरी बिर्तामोड-८ त्रिवेणीचोक क्षेत्रमा दुई वटा बिजुलीका पोल ढल्दा सडक अवरुद्ध भएको छ भने बिर्तामोड-६ स्यालडाँगी क्षेत्रमा चार वटा र स्टाफ चोक क्षेत्रमा एक वटा विद्युत पोल ढलेका छन् । वडा नं.९ चन्द्रमार्ग क्षेत्रमा समेत पोल ढल्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    हावाहुरीका कारण बिर्तामोड-७ तेत्रीडाँगी तथा म्यावारी क्षेत्रमा स्थानीयवासीका घर तथा गोठमा ठूलो क्षति पुगेको छ । सन्चध्वज पाङ्धाकको सुँगुरको खोर तथा घरमा ठूलो क्षति भएको छ भने गोपाल अधिकारी, कुमार अधिकारी, दिवस ढकाल लगायतका घरमा समेत क्षति पुगेको छ ।

    हेमबहादुर बस्नेतको गोठ तथा घरको छानो उडेर करिब ३०० मिटर टाढासम्म पुगेको प्रहरीले जनाएको छ । साथै लत्तन राजवंशी, श्याम चौधरी, चैतु मियाँ र सेलेमा खातुनका घरको छानो उडाएर क्षति पुर्‍याएको छ ।

    त्यस्तै बाह्रदशी गाउँपालिका-५ मागुगाउँ निवासी पृथ्विलाल राजवंशीको टिनको छानो भएको घरको छानो पूर्ण रूपमा उडाउँदा करिब एक लाख ५० हजार रुपैंया बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    यसैबीच बिर्तामोड-६ बुसाबारी, खालवारी (राई गाउँ) तथा बुट्टाबारी-पाख्रेल सडक खण्ड क्षेत्रमा विद्युतका पोलहरू भाँचिएर क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरण बिर्तामोड-अनारमनी वितरण केन्द्र अन्तर्गत अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ भने विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको सेवा समेत प्रभावित बनेको छ ।

    त्यस्तै मेचीनगरमा समेत हावाहुरीका कारण क्षति पुगेको र हाल क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । हाल प्रहरी टोली परिचालन गरी उद्धार, समन्वय, क्षतिको विवरण संकलन, सडक सुचारु तथा विद्युत सेवा पुन: सञ्चालन गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.