भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशिपमा विजयी सुरुवात गरेको छ ।
भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई १-० गोलले हराएको हो ।
नेपालकी गीता रानाले खेलको २३औँ मिनेटमा गरेको प्रहार भूटानी खेलाडीले रोक्ने क्रममा गोलमा परिणत भएको थियो ।
Advertisement
प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलङ्का रहेका छन् । अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार श्रीलङ्कासँग खेल्ने छ । यस्तै समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।







