• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सोमबारदेखि राष्ट्रपतिको बंगलादेश भ्रमण, आर्थिक सहकार्यमा जोड


  •    संवाददाता/ आइतबार, चैत ०८, २०७७  

  • काठमाडौँ । सन् १९७२ को अप्रिल ८ मा कूटनीतिक सम्बन्ध स्थापना गर्दै बंगलादेशलाई नयाँ मुलुकको मान्यता दिने नेपाल विश्वकै सातौं राष्ट्र थियो । तर अहिले त्यहि बंगलादेश नेपाललाई नै आर्थिक र औद्योगिक क्षेत्रमा पछि पार्दै दक्षिण एसियामा एक आर्थिक रुपमा शक्तिशाली मुलुक बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार र मंगलबार बंगलादेशको दुई दिने राजकीय भ्रमण गर्दै छिन् । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणमा राष्ट्रपति भण्डारीले ढाकातर्फ सोमबार जान लागेकी हुन् । सन् २०१९ को नोभेम्बर १२–१५ सम्म बंगलादेशका राष्ट्रपति हमिदले नेपालको राजकीय भ्रमण गरेका थिए । तर त्यसपछि कोरोना भाइरसको आगमन र विदेशी मुलुकमा आवत–जावतको बाटो नै रोकिएपछि राष्ट्रपति भण्डारीले गत वर्ष गर्नुपर्ने बंगलादेश भ्रमण सरेर अहिले आएर हुन लागेको हो ।

    Advertisement

    राष्ट्रपति भण्डारीले यो भ्रमणले दुई मुलुकको सम्बन्धलाई थप प्रगाढ बनाउने आशा गरिएको छ । बंगलादेशका लागि नेपालका पूर्व राजदूत मोहनप्रसाद लोहनी दुई मुलुक बीचको सम्बन्ध सुमधुर हुँदै आइरहेको मान्छन् । ‘उक्त सम्बन्धलाई हामीले थप बलियो बनाउनुपर्ने हुन्छ । जसले गर्दा नेपाललाई बंगलादेशसँगको सहकार्यबाट थप फाइदा होस्,’ । नेपालले बंगलादेशलाई तरकारी, तेज, फलफूल, औषधिका कच्चा पदार्थलगायत निर्यात गर्ने र बंगलादेशले नेपाललाई फलफूलका जुस, कागज, पेपर बोर्ड, जुट र अन्य कपडाजन्य वस्तु निर्यात गर्छ । दुई मुलुकबीच सन् १९९७ मा काकरभिट्टा–फुलबारी–बंगबन्धु पारवहन रुट खुला भएको थियो । त्यसपछि बंगलादेशले नेपाललाई मोङ्ला बन्दरगाह प्रयोग गर्नका लागि स्वीकृत दिएको छ ।

    Advertisement

    बंगलादेशले नेपाललाई थप रेल पारवहनको लागि नेपाल–रोहनपुर बंगलादेश–सिंहाबाद भारत करिडोरलाई उपलब्ध गराएको छ । नेपाल र बंगलादेशबीच सन् १९७८ मा अर्थमन्त्री स्तरीय संयुक्त आर्थिक संयन्त्र जेईसी स्थापना भएको थियो । जसले दुई मुलुकबीचका संयुक्त भेन्चरहरु जस्तै बैंकिङ, आर्थिक र बिमाको क्षेत्रमा सहकार्य गरेको छ । नयाँ रुपमा कामेन्ट, छालाका वस्तुहरु, औषधि र पीभीसी पाइपमा सहकार्य भइरहेका छन् । दुई मुलुकबीच ढाकामा सन् २०१२ को जुलाईमा परराष्ट्र सचिव स्तरीय परराष्ट्रका पदाधिकारीहरुबीच परामर्श संयन्त्र स्थापना गर्ने एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर उक्त संयन्त्रले प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

    नेपाल र बंगलादेशले सन् २०१९ को मार्च ५ मा दोहोरो कर नलाग्ने गरी सम्झौता भएको थियो । दुई मुलुकबीच चौथो नेपाल–बंगलादेश प्राविधिक समितिले व्यापारलाई वृद्धि गर्नका लागि गृहकार्य पनि भइरहेको छ । दुई मुलुकबीचमा कुनै पनि वस्तुलाई दोहोरो कर नलाग्ने कानुनको सम्बन्धमा सम्झौता भइसकेको छ । र, अब त्यो कार्यान्वयनको चरणमा रहेको छ । सन् २०१९ मा अजरवैजानको राजधानी बाक्कुमा भएको १८ औं असंलग्न मुलुकहरुको सम्मेलनको साइडलाइन वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेश, भुटान, भारत र नेपाल बीचको मोटर भेहिकल सम्झौताको विषयमा कुरा गरेका थिए ।

    नेपाल र बंगलादेश दुवैले उक्त सम्झौतामा भुटान सकारात्मक नदेखिए पनि अन्य मुलुकबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिदै आइरहेका छन् । प्रिफरेन्टल ट्रेड एग्रिमेन्ट पीटीएका विषयमा पनि कुरा भएको थियो । पर्यटन आवत–जावत गर्ने, नेपालबाट सन् २०४० सम्ममा ९ हजार मेगावाट विद्युत लाने लक्ष्यमा छ । नेपाली विद्यार्थीहरु मेडिकल शिक्षा लिन बंगलादेश जान्छन् । बंलादेशले नेपालको सामुद्रिक बन्दरगाह प्रयोग गर्ने भन्ने कुरा छ ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०२० को फेबु्रअरी १७–१९ सम्म बंगलादेशको भ्रमण गरेका थिए । उक्त समयमा दुई मुलुकबीचमा द्विपक्षीय व्यापार, विभिन्न शैलीमा यातायात र कनेक्टिभिटी सञ्जालको बारे, पारवहन सुविधालाई सुधार गर्ने र त्यसको लगानीको लागि बढावा दिने र अन्य विषयमा छलफल भएको थियो ।

    यसै वर्षको वर्षाताका नेपालमा मलको हाहाकार भएपछि बंगलादेश सरकारबाट सापटीमा मल ल्याएको लागि पहल भएको थियो । प्रधानमन्त्री ओली र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच त्यस विषयलाई लिएर टेलिफोन संवाद पनि भयो । तर त्यसको कार्यान्वयन हुन सकेन । कसको कारणले उक्त काम हुन सकेन भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन । तर नेपाल सरकारले फागुनमा नेपालमै मल उत्पादनको लागि उद्योग खोल्ने निर्णय गरिसकेको छ । त्यसका लागि अब बंगलादेशकै प्राविधिक सहयोग आवश्यक पर्ने देखिन्छ । राष्ट्रपति भण्डारीले यो भ्रमणमा उक्त कुरालाई पनि महत्वपूर्ण विषयको कुराको रुपमा उठाउन सकिन्छ ।

    पूर्व राजदूत लोहनी आफ्नो कार्यकाल सन् १९८८–९१ मा आफूले बंगलादेशसँग नेपालमा मलको उद्योग खोल्नका लागि पहल गरे पनि नेपाल सरकारकै कारण अघि बढ्न नसकेको बताए । लोहनी नेपालको बंगलादेशसँग राजनीतिक भन्दा पनि आर्थिक, ऊर्जा, पर्यटन, स्थल र हवाई कनेक्टिभिटी तथा पारहन सम्बन्धमा सहकार्य हुनुपर्ने मान्छन् । ‘अहिले भारत र बंगलादेश बीचको सम्बन्ध पनि राम्रो छ । त्यसैले गर्दा नेपालले बंगलादेशसँगको सम्बन्धमा आर्थिक पक्षलाई महत्व लिएर अघि बढ्नु उचित हुन्छ,’ उनले भने ।

    राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित परराष्ट्र सचिव र अन्य मन्त्रालयका सचिव तथा उच्च पदाधिकारीको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । तर कति सदस्यीय भ्रमण टोली भन्ने विषयमा भने अझै टुंगोमा नपुगेको राष्ट्रपतिका कार्यालयका एक पदाधिकारीले जानकारी दिए ।                                                                                                                                                                                                                                                                                                                                                   कान्तिपुरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.