• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सूर्यदर्शन सहकारीमा क्यूआर कोड


  •    संवाददाता/ आइतबार, चैत ०८, २०७७  

  • दमक । दमकको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै नगदरहित कारोबार गर्न सकिने सुविधा प्रदान गरेको छ । संस्थाले मोवाइलबाटै कारोबार गर्न सकिने ( फोन पे सहित ) क्यूआर कोड निःशुल्क वितरण गरेर प्रविधिमैत्री नगदरहित कारोबारको सुविधा उपलब्ध गराएको हो ।

    क्यूआर कोडमार्फत नेपालका सबै बैंक तथा वित्तिय संस्थाको मोवाइल एपबाट स्क्यान गरि सामान खरिद गर्न सकिने संस्थाले जनाएको छ । त्यस किसिमको सुविधा ल्याउने सहकारीहरु मध्ये सूर्यदर्शन नै पहिलो भएको दाबी संस्थाले गरेको छ ।

    Advertisement

    शनिबार दमक ६ स्थित संस्थाको कार्यालयमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक अरुण भण्डारीले संस्थाका सदस्यद्धय ६९ ब्राण्डेड वेयरका प्रोप्राइटर प्रेमकुमार गिरी र कलर्स वेयरका प्रोप्राइटर गोविन्द सेनेहाङलाई सो क्यूआर कोड हस्तान्तरण गरेर सोको शुभारम्भ गरेका छन् । निर्देशक भण्डारीका अनुसार संस्थाका सबै बजार प्रतिनिधिहरु मार्फत पहिलो चरणमा ३५० व्यापारिक स्थलमा संस्थाका सदस्यहरुलाई सो क्यूआर कोड प्रदान गरिनेछ ।

    Advertisement

    संस्थाले यस अघिदेखिनै मोवाइल बैंकिङ सेवाको प्रयोग गरी बिजुली, पानी, मोवाइलको रिचार्ज, इन्टरनेट, टेलिभिजन केबलको बिल तिर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै बैंकमा रकम ट्रान्सफर, कार्डलेस एटिएम, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इसेवा, खल्ती, आइएमइ, प्रभु पे लोड, हवाई टिकट खरिद, ट्राफिक प्रहरीद्धारा असुल गरिने जरिवाना, मेरो शेयर÷डिम्याट शुल्क भुक्तानीको पनि सुविधा सञ्चालनमा रहेको जानकारी दिइएको छ ।

    निकट भविष्यमा संस्थाल एटिएम सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरिएको प्रवन्ध निर्देशक भण्डारीले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.