झापाको अर्जुनधारा नगरपालिका-२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
गएराति ९ बजे मिलन चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक जंगली हात्तीले आक्रमण गरेको हो ।
हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको र हाल अवस्था बोल्न सक्ने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







