काठमाडौँमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको छ ।
आज बिहान पौने ७ बजेतिर जहाज अवतरण गर्ने क्रममा पाङ्ग्राबाट धुवाँ उडेको थियो ।
जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ । सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ । आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
Advertisement
प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान गरिएको छ ।
जहाजको पाङग्रामा आगो लागेपछि काठमाडौँ विमानस्थलबाट हुने अरु जहाजको उडान र अवतरण रोकिएको छ । काठमाडौँ आउँदै गरेका जहाज आकाशमै फन्को लगाइरहेका छन् ।







