पश्चिमी वायुको प्रभावले हाल देशका विभिन्न भागमा बदली भएकाले आज देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आज दिउँसो मुख्यगरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेश प्रदेशका थोरै ठाउँ र तराईका एक-दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै रातिको समयमा कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाडी भू-भागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेशका एक- दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
Advertisement







