• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सरकारी निर्णय सच्याउन झापाबाट सञ्चारमन्त्री र मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र


  •    संवाददाता/ बिहिबार, चैत २६, २०८२  

  • सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्ने निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले बिहीबार सञ्चार क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्नुका साथै सञ्चारमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

    पत्रकार महासंघ झापा शाखाले संघीय सञ्चारमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई झापाका प्रमुख जिल्ला अधिकारी मार्फत सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

    Advertisement

    महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष गिरी तथा पूर्व अध्यक्षहरु चिन्तामणि दाहाल, मोहन काजी, गणेश पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

    Advertisement

    अध्यक्ष गिरीले महासंघको आन्दोलन र मागहरुबारे प्रष्ट पारेका थिए भने सचिव राजु पाठकले ज्ञापनपत्र वाचन गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रजिअ गेलालले महासंघको माग समेटिएको ज्ञापनपत्र सञ्चार मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाए । त्यसक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, अञ्जनकुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख उमेश पाण्डेको सहभागिता थियो ।

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ कार्यसमितिसहित पत्रकार सम्बद्ध संघ/संगठनका अध्यक्षहरु, विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चालकहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति काठमाडौँ र नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति बिराटनगरलाई ज्ञापन पत्रको बोधार्थ दिइएको छ ।

    गत चैत १८ गते भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव स्तरीय निर्णय र सोही मितिमा त्यस कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई जारी गरिएको परिपत्रप्रति असहमति जनाउदै महासंघको नेतृत्वमा देशभर सञ्चार क्षेत्र आन्दोलित छ ।

    त्यसअघि महासंघ झापाको आयोजनामा बिहीबार नै भद्रपुर प्रेस क्लवको सभाहलमा महासंघका पूर्व अध्यक्षहरु, सञ्चारमाध्यमका सञ्चालक तथा सम्पादकहरु, पत्रकार सम्बद्ध संघ-संगठनका अध्यक्षहरुको सहभागितामा छलफल सम्पन्न भएको छ ।

    महासंघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको छलफलका सहभागीले सरकारले निर्णय नसच्याए दवाव सिर्जना गर्नका लागि सडक आन्दोलनमा जानुपर्नेमा जोड दिइयो । संकटमा परेका मिडियालाई संरक्षण गर्न सरकारले मिडियामैत्री काम गर्नुपर्ने त्यस अवसरमा औल्याएका थिए ।

    महासंघ झापाका पूर्व अध्यक्षहरु चिन्तामणि दाहाल, मोहन काजी, गणेश पोखरेल, महासंघ प्रदेश समिति सदस्य राजकुमार ओली, प्रेस युनियन प्रेस उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, प्रेस क्लव झापा भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतले सञ्चार क्षेत्रमा सम्बद्ध सबै एकजुट भई सञ्चारमाध्यमको व्यवसायिक विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

    महासंघका उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.