• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रधानमन्त्रीलाई प्रतिगमनप्रति पश्चाताप गर्दै संसदमा आउन आह्वान


  •    संवाददाता/ शुक्रबार, चैत ०६, २०७७  

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्रीलाई प्रतिगमनका लागि पश्चाताप गर्दै संसद्मा आउन आह्वान गरेको छ ।

    संसद् पुनःस्थापनापछि प्रतिनिधिसभामा पहिलोपटक राखिएको दलीय आधारमा बोल्ने क्रममा शुक्रबार माओवादी केन्द्रकी सांसद पम्फा भुसालले राजनीतिक समस्याको समाधान संसदभित्रबाट खोजी गर्न आग्रह गरिन् ।

    Advertisement

    “समस्याको समाधान संसद्भित्रै खोजौँ, कुनै दरबारमा सहमतिको खोजी गर्नतर्फ नलागौँ,” राष्ट्रपति निवासको सर्वदलीय बैठकतर्फ संकेत गर्दै भुसालले भनिन्, “फेरि विघटनको धम्की दिइँदै छ । गैरजिम्मेवार पुग्यो, अब योभन्दा बढी नदेखाऔँ ।”

    Advertisement

    उनले गलत कामका लागि पश्चाताप गर्नु पनि महानता भएको भन्दै त्यस्तो नैतिकता र महानता देखाउँदा कोही पनि सानो नहुने बताइन् । “सरकार आफूले गरेको प्रतिगमनप्रति पश्चाताप गर्दै सदन आओस् र नैतिक मूल्यका आधारमा अघि बढोस्,” उनले भनिन्, “हामीले ल्याएको व्यवस्थाअनुसार समस्याको निकास यही सदनबाट निकाल्ने हो ।”

    प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने संसदमाथि दुरासय राखेको भन्दै त्यस्तो पूर्वाग्रही व्यवहार त्यागेर संविधानअनुसार संसद्प्रति उत्तरदायी हुन पनि ध्यानाकर्षण गरिन् । “कार्यव्यवस्था परामर्श समितिको बैठक हुन्छ, सरकार संसद्लाई एजेन्डा दिँदैन । यस्तो गैरजिम्मेवारी कहिलेसम्म रु,” भुसालले प्रश्न गरिन् ।

    सरकार संघीयता कार्यान्वयन गर्ने कानुन नबनाउने, जिम्मेवारी छोडेर अध्यादेशबाट शासन गर्नेतर्फ लागेको उनको आरोप छ । “संघीयता कार्यान्वयन गर्न आवश्यक विधेयक दुई वर्षदेखि अघि बढेका छैनन् । अनि, सरकार संविधानलाई तोडमरोड गरेर अध्यादेशबाट शासन गर्ने,” भुसालले भनिन्, “जनतासँग जोडिएका अध्यादेश ल्याउनुहोस्, संसद्ले स्वीकृत गर्छ । हामी समर्थन गर्छौँ ।”

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.