झापाको चारआलीमा अवस्थित श्री पाउ पाथीभरा धाममा विष्णु महापुराण सुरु भएको छ ।
पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समितिको आयोजनामा सुरु भएको महापुराण आगामी १३ गतेसम्म सञ्चालन हुनेछ ।
धाम समितिका अध्यक्ष लोकराज ढकालको अध्यक्षतामा भएको महापुराणको उद्धघाटन प्रमुख अतिथि धर्म गुरु किशोर गौतमले गरेका थिए ।
महापुराण उद्धाटन समारोह अघि कलश यात्रा गरिएको थियो । कलश यात्रामा भक्तजनको बाक्लो सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि धर्म गुरु गौतम, धामका संस्थापक अध्यक्ष हरिचरण बानियाँ, झापाका डिभिजन वन अधिकृत नथुनी गोहिवार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
युवा कथावाचक आचार्य लक्ष्मी तिम्सिनाको मुखारविन्दबाट संगीतमय कथा प्रवचन तथा आचार्य पुण्यप्रसाद रिजालबाट पाठ-पारायण हुने पुजा व्यवस्थापन उपसमितिका संयोजक एवम धामका वरिष्ठ उपाध्यक्ष यामनाथ बरालले जानकारी दिए ।
अनुष्ठान सबै श्रध्दालु भक्तजनहरु समक्ष पुर्याउने हेतुले धामको आफ्नै फेसबुक, टिकटक र युटुब च्यानलबाट सम्पुर्ण अनुष्ठान प्रत्यक्ष प्रसारण गरिने उद्देश्य रहेको प्रचार समितिका संयोजक तथा धाम समिति सदस्य रेवत दाहालले जानकारी दिए ।
धामका उपाध्यक्ष पुष्पादेवी लिम्बूले मन्तव्यबाट स्वागत गरेको उद्धाटन समारोहको सञ्चालन धामका सचिव देवि भट्टराईले गरेका थिए ।







