• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दान खालिङलाई मरणोपरान्त पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान प्रदान


  •    संवाददाता/ आइतबार, चैत ०१, २०८२  

  • भारतको दार्जिलिङमा जन्मिएर नेपाललाई कर्मभूमि बनाएका प्रख्यात साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई यस वर्षको पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान मरणोपरान्त प्रदान गरिएको छ ।

    जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक समारोहका बीच एक लाख एघार हजार एक सय एघार रुपैयाँ राशिको उक्त सम्मान शनिबार बिर्तामोडमा खालिङकी बहिनी नवामी खालिङसहित परिवारलाई हस्तान्तरण गरेको हो ।

    Advertisement

    प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी तथा प्रमुख अतिथि राजेश खड्काले सम्मान प्रदान गरेका थिए ।

    Advertisement

    दार्जिलिङमा जन्मिएका खालिङले आफ्नो जीवनको अधिकांश समय नेपालमै बिताउँदै नेपाली भाषा, साहित्य र शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उनी मूलतः साहित्यकार भए पनि अनुवाद, शिक्षा र सामाजिक चेतनाको क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहिसकेका खालिङ नेपाली साहित्यमा अनुवादकका रूपमा पनि परिचित थिए । उनले नेपाली कविका विभिन्न कृतिहरू अंग्रेजीमा अनुवाद गरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पु¥याउन महत्वपूर्ण योगदान दिएका थिए । जीवनको उत्तरार्धमा दार्जिलिङमै बसोबास गर्दै आएका खालिङको निधनपछि त्यहाँको सिंहमारी क्षेत्रमा अन्त्येष्टि गरिएको थियो ।

    प्रतिष्ठानका अनुसार समाज रूपान्तरण, भाषा-साहित्य संरक्षण तथा शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यस वर्षको पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान खालिङलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष बस्नेतले बताए ।

    भारतीय साहित्यकार ज्ञानेन्द्र खतिवडाले स्व.खालिङलाई स्मरण गर्दै नेपाली भाषा र साहित्यको सम्वृद्धिका लागि दार्जिलिङको योगदानको चर्चा गरेका थिए भने प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

    खालिङको व्यक्तित्वबारे अग्रज पत्रकार चन्द्र भण्डारीले चर्चा गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।

    यसैबीच स्व.खालिङलाई लिटल फ्लावर इंलिस स्कूलका तर्फबाट विद्यालयका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले एक लाख रुपैयाँ प्रदान गरेका थिए ।

    त्यस्तै टावर टेम्पल स्कूलले २५ हजार रुपैयाँसहित सम्मान गरेको थियो भने झापाका अन्य विभिन्न संघ संस्थाले समेत खालिङको योगदानको स्मरण र चर्चा गर्दै सम्मान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.