तेस्रो हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय अन्तर विद्यालय यु-१३ नकआउट फुटबल प्रतियोगिताको उपाधि कञ्चन अंग्रेजी स्कुलले हात पारेको छ ।
आज भएको फाइनल खेलमा निदि अंग्रेजी माध्यमिक विद्यालयलाई २-० गोल अन्तरले हराउँदै कञ्चनले उपाधि हात पारेको हो ।
झापाको बिर्तामोडस्थित एभरेष्ट स्मार्ट एकेडेमी र एभरेष्ट स्पोट्स एकाडेमीको आयोजनामा भएको प्रतियोगितमा २० वटा विद्यालयको सहभागीता रहेको थियो ।
एभरेष्ट स्मार्ट एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईंको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झापा-११ फुटबल क्लबका अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो । 
कार्यक्रममा प्रमुख अतिथि गुरुङ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, राष्ट्रिय उपभोक्ता मञ्च झापााका अध्यक्ष मदन गोपाल सुब्वा, बिर्तामोड नगर शिक्षा शाखा अधिकृत जानुका रेग्मी, प्याब्सन बिर्तामोड अध्यक्ष सुरेन्द्र खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल अनुप शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक तृष्णा अधिकारीले गरेकी थिइन् ।







