• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस चौतारीको स्थापना दिवस: पोखरेललाई अभिनन्दन र शर्मालाई लेखनवृत्ति


  •    संवाददाता/ बिहिबार, माघ २३, २०८२  

  • प्रेस चौतारी नेपाल झापाले २८ औं स्थापना दिवसमा पूर्व अध्यक्षलाई अभिनन्दन र लेखनवृत्ति प्रदान गरेको छ ।

    प्रेस चौतारी झापाका पूर्व अध्यक्ष गणेश पोखरेललाई स्थापना दिवसमा आयोजित कार्यक्रममा आज अभिनन्दन गरिएको हो ।

    Advertisement

    उनलाई नगद २५ हजार रुपैयाँ, सम्मानपत्रसहित अभिनन्दन गरिएको छ । झापा शाखाले एक कार्यकालमा एक जना पूर्व अध्यक्षलाई अभिनन्दन गर्दै आएको छ । पोखरेल झापाको तेस्रो अध्यक्ष हुन् ।

    Advertisement

    यस्तै स्थापना दिवस एवम् वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति पुरस्कार पत्रकार सन्तोष शर्मालाई प्रदान गरिएको छ । चौतारी झापाले ६-६ महिनामा लेखनवृत्ति प्रदान गर्दै आएको छ ।

    आर्थिक विटमा पत्रकार शर्माले लेखेको समाचार छनौट भएपछि उनलाई नगद ५ रुपैयाँ हजारसहित लेखनवृत्ति प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले अभिनन्दन एवम् पुरस्कार प्रदान गरेका हुन् ।

    २८ औं स्थापना दिवसमा झापा शाखाका अध्यक्ष प्रदीप परियारले एक वर्षमा गरेको कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष परियारले पत्रकारिता तालिम, अन्तरसंवाद, अग्रजलाई सुनौं कार्यक्रम, सम्पादकसँग चौतारी, पत्रकारितामा एआईको प्रयोग लगायत दुई दर्जन कार्यक्रम सम्पन्न गरेको विवरण सार्वजनिक गरेका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि घिमिरे, अभिनन्दित पूर्व अध्यक्ष पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य झापा इञ्चार्ज माधव विद्रोही, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाका अध्यक्ष स्वस्तिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कोषाध्यक्ष सरोज भट्टराईले आर्थिक प्रतिवेदन र उपचार कोषको संयोजक भीमा शिवाकोटीले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रेस चौतारीका नेता सुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिरा मैनालीले गरेकी थिइन् भने सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.