• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गोल्डकपको उद्घाटनमा जग्गादाता डोमालालको सालिक अनावरण गरिने


  •    संवाददाता/ बुधबार, माघ २२, २०८२  

  • सातौं झापा गोल्डकपको उद्घाटनका दिन जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरण गरिने भएको छ ।

    करिब दुई वर्षदेखि गोल्डकप सचिवालयमा राखिएको सालिक माघ २४ गते उद्घाटन समारोहकै दिन सार्वजनिक गरिने आयोजकले जनाएको छ । तत्कालीन गोल्डकप अध्यक्ष स्वर्गीय विनोद बस्नेतको पहलमा भारतमा निर्माण गराई ल्याइएको सालिक बस्नेतको निधनपछि स्थापित हुन नसकी अलपत्र अवस्थामा थियो ।

    Advertisement

    सालिक स्थापना र डोमालाल राजवंशीकी विपन्न छोरी सम्पत्ति राजवंशीको आवास निर्माणसम्बन्धी योजना अघि नबढ्दा राजवंशी समुदायले असन्तुष्टि व्यक्त गर्दै आएको थियो । सोही विषयलाई लिएर सोमबार झापा गोल्डकप समितिका पदाधिकारी, सञ्चारकर्मी तथा राजवंशी समुदायका प्रतिनिधिबीच छलफल भएको छ ।

    Advertisement

    छलफलमा सोही विषयलाई लिएर हिजो गोल्डकपका अध्यक्ष केदार गिरी, वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी र मोरङका जिल्ला सचिव रुपेश राजवंशी सहभागी थिए ।

    छलफलमा जग्गा विवादका कारण रंगशाला स्थानान्तरणको सम्भावना रहेकाले स्थायी संरचना तत्काल बनाउन कठिन भएको निष्कर्ष निकालिएको छ । त्यसैले हालका लागि अस्थायी रूपमा सालिक अनावरण गरी समुदायको भावनालाई सम्बोधन गर्ने सहमति भएको बताइएको छ । सालिक उद्घाटन समारोहको मञ्च अगाडिपट्टि राखिनेछ ।

    गोल्डकप अध्यक्ष केदार गिरीले जग्गाको टुंगो लागेपछि सालिकलाई स्थायी र दीगो रूपमा पुन:स्थापना गरिने जानकारी दिए । उनले अस्थायी रूपमा राख्दा पछि भत्काउनुपर्ने अवस्था नआओस् भन्ने चिन्ताका कारण यसअघि सालिक स्थापना ढिलाइ भएको स्पष्ट पारेका थिए ।

    त्यस्तै पूर्व अध्यक्ष स्वर्गीय बस्नेतको योजनाअनुसार गोल्डकप सकिएपछि डोमालाल राजवंशीकी छोरी सम्पत्तिको घर निर्माण कार्यलाई अघि बढाइने अध्यक्ष गिरीले बताए । बस्नेतले सामाजिक सञ्जालमार्फत सुरु गरेको आर्थिक संकलन अभियानलाई निरन्तरता दिने तयारी गरिएको छ ।

    जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेत स्वयंले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । त्यसपछि त्यस मानवीय कामका लागि अन्य धेरै सहयोगी मनहरुले स्वत:स्फूर्त सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

    डोमालाल राजवंशीको घरको लागि दाताहरुले १० लाखभन्दा बढी सहयोग गर्ने बचन दिएका थिए । बस्नेतकै पहलमा छैटौ गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको थियोे । यस वर्ष २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएकोमा त्यसमा थप्ने प्रयास भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।

    डोमालाल राजवंशीले रंगशाला निर्माणका लागि करिब १३ बिघा जग्गा दान दिएका थिए । हाल उनकी छोरी सम्पत्ति तथा नातिहरू भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रोमा बसोबास गर्दै मजदुरी गरेर जीवनयापन गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.