झापाको बिर्तामोडमा भएको स्कुटी दुर्घटनामा चालकको मृत्यु भएको छ ।
गएराति ८:२५ बजे बिर्तामोड वडा नं.७ खोपवारीस्थित भित्री पक्की सडकखण्डमा प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र.१-०१-०१३ प.९१९९ नं.को स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा स्कुटी चालक बिर्तामोड वडा नं.७ बस्ने ३५ वर्षीय सुभाष मादेन गम्भीर घाइते भएका थिए ।
टाउकोमा चोट लागेका घाइते मादेनलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







