मेची पुलको ब्यारीकेटमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
गएराति १० बजे मेचीनगर-६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ३८४९ नं.को मोटरसाइकल सडकमा राखिएको ब्यारीकेटमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-६ बस्ने ३५ वर्षीय काशीनाथ पौडेल र पछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय चेतन कट्वाल घाइते भएका थिए । शरीरमा चोट लागेर गम्भीर घाइते भएका कट्वाललाई आम्दा अस्पताल धुलाबारी पठाएकोमा राति डाक्टरले मृत घोषणा गरेका छन् ।
Advertisement
घाइते मोटरसाइकल चालक पौडेललाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।







