निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका विभिन्न ९८ वटा सामग्री हटाउन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मिस इन्रफरमेसन र डिस इन्फरमेसन भएकाले ति कन्टेन हटाउनका लागि पत्रचार गरिएको हो । के कस्ता कन्टेट हटाउन भनिएको हो उनले खुलाएनन् ।
तथापि पाठकलाई गलत सूचना नपुगोस् भनेर आयोग गलत सूचना रोक्न सक्रिय रहेको उनले बताए । फ्याक्ट चेकका लागि एउटा निजी कम्पनीसँग समेत साझेदारी गरिएको उनले जानकारी दिए ।
Advertisement
निर्वाचन आयोगमा आचारसंहिता कार्यान्वयनका लागि कार्यदल नै बनाएर काम गरिरहेको छ । सामाजिक सञ्जालको प्रयोगको विषय समेत आचारसंहिताभित्र पर्दछ । आचारसंहिता उल्लघंन हुने गरी सामाजिक सञ्जालको प्रयोग गर्न नहुने लगायतका विषय रहेका छन् ।







