मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
पछिल्लो समय सरकारसँग सबैभन्दा बढी वार्तामा सहभागी भएका प्रसाईं सरकारसँग सहमति भएको केही दिनमै आज पक्राउ परेका हुन् ।
निर्वाचन आयोगले प्रसाईंलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ ।
Advertisement
प्रसाईंले करोडौँ रकम निर्वाचन आयोगका अधिकारीलाई दिएर गगन थापाले कांग्रेसको आधिकारिकता पाएको दावी गरेको अडियो सार्वजनिक भएको थियो । सोही आधारमा आयोगले उनलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो ।







