आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि झापामा ५ हजार ४७९ जनाले निर्वाचन प्रहरीका लागि आवेदन फाराम भरेका छन् ।
नेपाल प्रहरीमा ४ हजार ३०८ र सशस्त्र प्रहरीमा ४८९ जना गरी ४ हजार ७९७ जना निर्वाचन प्रहरीको कोटा रहेकोमा यस पटक ६८२ जनाको माग भन्दा बढी आवेदन परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
नेपाल प्रहरीमा ५ हजार २०१ र सशस्त्रमा २७८ जनाले आवेदन फाराम भरेका थिए । आवेदन दिनेमा महिला १ हजार ५२९ र पुरुष ३ हजार ९८३ जना रहेका छन् ।
Advertisement
जिल्लामा अघिल्लो निर्वाचनहरूको तुलनामा यस पटक आवेदन दिनेको संख्यामा कमी आएको छ ।







