झापाको बिर्तामोड-भद्रपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
गएराति ८:१५ बजे बिर्तामोड-८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जादै गरेको प्र१-०१-०१४ प ५११९ नं.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर-७ बस्ने वर्ष ३६ का सुदिर निरौला गम्भीर घाइते भएका थिए ।
घाइतेलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याईएकोमा उपचारको क्रममा राति ९:१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







