झापाको बिर्तामोड-१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा डुबेर एक जनाको मृत्यु भएको छ ।
तत्काल नामथर वतन नखुलेको अन्दाजी वर्ष ५० का पुरुषको पानीमा डुबेर मृत्यु भएको हो । मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा टोली गएको थियो । मृतकको पहिचान तथा आफन्तको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







