झापाको मेचीनगरमा निर्माणाधीन होटलबाट खसेर एक कामदारको मृत्यु भएको छ ।
शुक्रबार साँझ ६:३० बजे मेचीनगर-१० धुलाबारीमा न्यु ईन्फ्रा हेवन कम्पनी लिमिटेडले बनाउँदै गरेको निर्माणाधीन इष्टर्न होटलको चौथो तलामा फलामको पाईप सार्ने क्रममा खसेर सप्तरी खडक नगरपालिका-१ सिसुवाबेल्ही बस्ने वर्ष अन्दाजी २१ का नरेशकुमार मण्डलको मृत्यु भएको हो ।
अचानक भुइँमा खसेर शरीरको बिभिन्न भागमा चोट लागेका गम्भीर घाइते मण्डललाई मेची आम्दा अस्पताल धुलाबारी पठाएकोमा साँझ ७ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







