भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।
नेपालको टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोरा रहेका छन् ।
Advertisement







