आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको उपकप्तानमा पूजा महतो रहेकी छिन् ।
टोलीमा बर्मा र महतोसहित रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।
Advertisement
महिला टी-२० विश्वकप ग्लोबल छनोट आउँदो जनवरी १८ देखि फेब्रुअरी १ सम्म कीर्तिपुरको त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन । नेपालले जनवरी १८ मा माथिल्लो मूलपानी मैदानमा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।







