• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा इनर्जीको साधारणसभा सम्पन्न


  •    संवाददाता/ शुक्रबार, पुष १८, २०८२  

  • झापा इनर्जी लिमिटेड कम्पनीको सातौं वार्षिक साधारणसभा शुक्रबार बिर्तामोडमा सम्पन्न भएको छ ।

    कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बुको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    उर्जा मार्फत राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले २०७५ साल असोज १६ गते झापा इनर्जी लिमिटेड कम्पनी स्थापना भएको थियो ।

    Advertisement

    झापाको शिवसताक्षी-४ स्थित बुलुचोकमा १० मेघा वाटको सौर्य उर्जा अर्थात सोलार परियोजनाको निर्माण कार्यका लागि २०७८ मंसिर १२ गते झापा इनर्जी र नेपाल द्युत प्राधिकरणच विद्युत खरिद बिक्री गर्ने सम्झौता भएको थियो ।

    झापा इनर्जीले शिवसताक्षी-४ मा १० बिघा १७ कठ्ठा १८.५ धुर जग्गा र झापा इनर्जीको शतप्रतिशत स्वामित्व रहेको झापा एग्रो इन्डिष्ट्रिज प्रालिको नाममा रहेको १० बिगा ११ कठ्ठा १३ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गा खरिद गरेर आयोजना निर्माण कार्य सुरु गरेको थियो ।

    २०८० माघ १० गतेदेखि नेपाल विद्युत प्राधिकरणबाट व्यवसायिक उत्पादन सुरु गरी उत्पादित विद्युत शक्ति बिक्री गर्दै आइरहेको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

    भट्टराईका अनुसार आयोजनाबाट उत्पादन भएको बिद्युत ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइन मार्फत दमक वितरण केन्द्र अन्तरगतको बुलुचोक शव स्टेशनमा लगी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

    आयोजनाले आर्थिक वर्ष ०८१/०८२ मा १ करोड २४ लाख ८५ हजार ६० युनिट विद्युत नेपाल प्राधिकरणलाई बिक्री गरी ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

    त्यसैगरी २०८२ साउन १ गतेदेखि मंसीर मसान्तसम्ममा ६५ लाख २१ हजार २६० युनिक विद्युत उत्पादन गरी ४ करोड ७० लाख ९३ हजार ४७९ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष साँवाद्वारा सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

    बिर्तामोडमा कार्यालय रहेको झापा इनर्जीले पहिलो पटक ९ लाख ५० हजार ४७५ किता आइपिओ निश्कासन गरेको थियो । जस मध्ये ३ लाख ८० हजार १९० किता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, विदेशमा भएकाका लागि ५७ हजार २९ किता, ११ हजार ४०६ किता कम्पनीका कर्मचारीलाई र बाँकि ४ लाख ७३ हजार ३३६ किता सर्वसाधारणका लागि शेयर निश्कासन गरेको अध्यक्ष साँवाद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

    कार्यक्रममा कम्पनीका सञ्चालक द्धिराज शर्मा शिवाकोटी, रामचन्द्र उप्रेती, नरहरी फुयाँल, दिपेन्द्र प्रसाईं, कम्पनीका महाप्रवन्धक सरोज श्रेष्ठ, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतको आतिथ्य रहेको थियो भने शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

    कम्पनीका सञ्चालक तथा बिर्तामोड नगरपालिका नगरका प्रमुख पवित्रा महतरा प्रसाईंले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण कम्पनीका प्रवन्धक सञ्चालक सुवास भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.