झापाको भद्रपुरमा विद्यालय जाँदै गरेकी नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-१ निवासी ४० वर्षीय मंगल टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।
टुडुले तीन दिनअघि बिहान करिब १० बजे विद्यालय जाने क्रममा १४ वर्षीया छात्रालाई बाटोमा रोकेर जिस्क्याउने तथा कट्टु खेलेर (अश्लील हर्कत) देखाएका थिए ।
घटनापछि पीडित नाबालिकाकी आमाले कानुनी कारबाहीको माग गर्दै प्रहरी समक्ष जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै टुडुलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले यसअघि पनि विद्यालय जाने विद्यार्थीलाई लक्षित गरी यस्तै किसिमका गतिविधि गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका टुडुलाई आज जिल्ला अदालत झापामा पेश गरी अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ ।







