घरको रेलिङबाट लडेर बिर्तामोडमा एक बालकको मृत्यु भएको छ ।
रेलिङबाट लडेर घाइते भएका बिर्तामोड नगरपालिका वडा नं.४ आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो ।
उनी पुष २ गते राति ८:१५ बजे आफ्नै ३ तले घरमाथि रेलिङमा खेल्ने क्रममा अचानक भुइँमा झरेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा हिजो साँझ ७:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







