नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनबाट बिमला बिक लोकप्रिय मतसहित निर्वाचित भएकी छन् ।
मंसिर २७ गतेदेखि पौष ३ गतेसम्म काठमाडौँ उपत्यकामा सम्पन्न भएको महाधिवेशनबाट बिक सर्वाधिक दास्रो धेरै लोकप्रिय मतसहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
४० वर्षमुनिको समुहभित्र पर्ने बिकले कुल खसेको २२२७ मत मध्ये १९६२ मत अर्थात ८८ प्रतिशत मतसहित दोस्रो लोकप्रिय मत ल्याई निर्वाचित भएकी छन् ।
Advertisement
केन्द्रीय सदस्यमा निर्वाचित बिक २०७४ सालमा प्रतिनिधि सभा सदस्य र राज्यमन्त्री समेत रहेकी थिइन् । बिक लामो समयदेखि युवा नेतृत्व र युवा पंक्तिका विषय पार्टीभित्र र बाहिर आवाज उठाउँदै आएकी छन् ।







