दुईजना नाबालिकालाई बोलाएर एउटै घरमा जवर्जस्ती करणी गर्ने भद्रपुरका दुई जना युवक पक्राउ परेका छन् ।
उनीहरुले नाबालिकाहरुलाई ललाईफकाई जवर्जस्ती करणी गरेका थिए । करणीपछि एक जना पक्राउ परेका थिए भने एक जना फरार रहेका थिए ।
तीन दिनअघि अर्थात मंसिर २८ गते दिउँसो भद्रपुर नगरपालिका-५ स्थित अक्षय सापकोटाको घरमा अक्षय सापकोटा र वडा नं.३ बस्ने २३ बर्षीय विवेक राईले १५ र १३ वर्षका दुई नाबालिकालाई ललाईफकाई सापकोटाको घरको अलग-अलग कोठामा जवर्जस्ती करणी गरेका थिए ।
Advertisement
पीडितका आफन्तले मंगलबार जाहेरी दिएपछि प्रहरीले विवेक राईलाई मंगलबार नियन्त्रणमा लिएको थियो भने अक्षय सापकोटा फरार रहेका थिए । खोजतलासकै क्रममा बुधवार अक्षय सापकोटा पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







