• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरस्तरीय गायन तथा नृत्य प्रतियोगिता सुरु


  •    संवाददाता/ शनिबार, मङि्सर २८, २०८२  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको आयोजनामा बिर्तामोड नगरस्तरीय सांस्कृतिक गायन तथा नृत्य प्रतियोगिता सुरु भएको छ ।

    प्रतियोगिता शनिबार बिर्तामोड नगरपालिका-१० स्थित विष्णु भगवती अङ्ग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको हो ।

    Advertisement

    प्याब्सन बिर्तामोड नगर समितिका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा भएको उद्धाटन समारोहको प्रमुख अतिथि बिर्तामोड-१० का वडाध्यक्ष एवम बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्योधन गुरुङ रहेका थिए ।

    Advertisement

    प्रतियोगिता अन्तर्गत कक्षा ११-१२ का विद्यार्थीबीच गायन प्रतियोगिता, अन्डर-१२ गायन तथा कक्षा १० सम्मका विद्यार्थीबीच नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ ।

    प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली संस्कृति झल्किने भेषभूषामा सन्देशमूलक गायन तथा नृत्य प्रस्तुत गर्दा कार्यक्रम स्थल भावनात्मक बनेको थियो ।

    प्याब्सनको वार्षिक क्यालेन्डर अनुसार यस वर्ष यसअघि खेलकुद महोत्सव तथा एसईई कार्यक्रम सम्पन्न भइसकेको र सोही कार्यक्रमअन्तर्गत सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको प्याब्सन बिर्तामोड नगर समितिका अध्यक्ष खरेलले जानकारी दिए ।

    उनका अनुसार विद्यार्थीभित्र लुकेका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउँदै सक्षम, सुसंस्कृत र सबल समाज निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले सामुदायिक र संस्थागत विद्यालयबीच विभेद गर्नु नहुने बताउँदै निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कारण अभिभावकको आकर्षण बढ्दै गएको उल्लेख गरेका थिए ।

    प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्याब्सन नगर सदस्य दीपक चम्लागाईंले जानकारी दिए ।

    कार्यक्रममा प्याब्सन महाधिवेशन प्रतिनिधि एजाज अहमद अन्सारी, निदि माध्यमिक विद्यालयका प्रधानाध्यापक रञ्जित शाह, इडन गार्डेन अङ्ग्रेजी विद्यालयका प्रधानाध्यापक मोहन आचार्यलगायत विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधि, शिक्षक-शिक्षिका, अभिभावक तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कोषाध्यक्ष प्रमिला बजगाईले स्वागत गरेको उद्धाटन समारोहको सञ्चालन सचिव दिपंकर मैनालीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.