इलाका प्रहरी कार्यलय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाको भवन पुर्ननिर्माणमा चौलागाईं परिवारले आर्थिक सहयोग गरेका छन् ।
बाहदर्शी गाउँपालिका-७ स्थायी घर भएका लोकनाथ चौलागाई, डिकुरा देवी चौलागाई छोरा प्रेम चौलागाईं, महेन्द्र चौलागाईं, देवेन्द चौलागाईं सहितले परिवारको तर्फवाट नगद एक लाख १ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
उक्त रकम पुर्ननिर्माण अभियानका अगुवा बिपिन बजगाँई, रमेश चौधरी, सन्तोष राजवंशी लगायतलाई चौलागाईं परिवारले हस्तान्तरण गरेका थिए ।
Advertisement
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दुवै वटा प्रहरी कार्यालयमा ठूलो क्षति पुगेको थियो ।







