बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषलाई संघका उद्योग उपाध्यक्ष विशाल थापाले २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
जन्मदिनको अवसर पारेर उनले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् ।
बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष थापाले राहत कोषमा हातेमालो बढाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै व्यवसायीलाई आपत-विपतमा तत्काल सहयोग पुग्ने उद्देश्यले कोष विस्तार अत्यावश्यक भएको बताए ।
Advertisement
उपाध्यक्ष थापा आफ्नी श्रीमती समृद्धिसहित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघले उनलाई कदरपत्रद्वारा सम्मान गरेको छ।
संघका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।







