झापा गाउँपालिका-५ पन्थापारामा सालनालसहितको बेवारिसे शिशु मृत अवस्थामा फेला परेको छ ।
पन्थापारा प्रहरी चौकीदेखि करिव १५० मिटर उत्तर नवजात शिशुको शव भेटिएको हो ।
स्थानीयवासीहरुले दिउँसो कुकुरले सालनालसहितको मृत शिशुलाई घिसारेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । कुकुरले शिशुको टाउकोदेखि मुनिको आधा शरीरको भाग खाइसकेको थियो ।
Advertisement
शिशुको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।







