रेगन प्रसाईंद्वारा निर्देशित `दिलको बिरामी´ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक सन्तोष रसाइलीको शब्द, संगित र स्वरमा रहेको भिडियोको कम्पोज, एरेन्ज र मिक्सिङ रोशन मिश्रले गरेका हुन् ।
इलाम र झापाका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा कुमार योङहाङ्ग र अप्सरा बोखिम बेगाले अभिनय गरेका छन् ।
Advertisement
गोपाल दर्जीले छायाँकन गरेको म्युजिक भिडियोको स्कृप्ट, स्क्रिनप्ले र सम्पादन तिलक रिजालले गरेका हुन् ।
कुमार योङहाङ्ग निर्माता, दिलिप कुमार योङहाङ्गको व्यवस्थापन रहेको म्युजिक भिडियोको निर्माण प्रबन्धक अमृत मादेन रहेका छन् ।
उक्त म्युजिक भिडियो आरसी यूटुब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।







