दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।
लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
चितवनले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटाएको थियो ।
Advertisement
लुम्बिनीका गुल्बादिन नइबले अविजित ४४, कप्तान रोहितकुमार पौडेलले ३९ र सन्दीप जोराले २८ रन बनाए । चितवनका रिजन ढकालले २ र सोहेल तानवीरले १ विकेट लिएका थिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
चितवनका रवि बोपाराले ६६ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३, अभिशेष गोतम र गुल्बादिन नइबले २ विकेट लिएका थिए ।
मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २७ गते हुनेछ ।







