हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।
शनिबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि छ ।
Advertisement
त्यस्तै राति कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।







