आगामी कात्तिक २२ गते हुन गईरहेको चन्द्रगढी वन उपभोक्ता समितिको निर्वाचनमा अध्यक्ष पदका लागि चुडामणि मैनालीको नेतृत्वमा अनुभवी र नयाँ भिजनसहितको समुह होमिएको छ ।
उक्त समुहबाट उपाध्यक्षमा दिपेन्द्र कटुवाल, सचिवमा रूषा पोखरेल, सहसचिवमा युवराज ढकाल र कोषाध्यक्षमा उमादेवी भट्टराईले उम्मेदवारी दिएकी हुन् ।
त्यसैगरी खुल्ला महिलातर्फ कल्पना दाहाल खतिवडा र हिमा (हिरा) गजुरेल पराजुली, क्षेत्र नं.३ का संयोजकमा सुर्यबहादुर अधिकारी (राजेश) र सहसंयोजकमा सन्जु चम्लागाई (मैया) को उम्मेदवारी रहेको छ ।
Advertisement
त्यस्तै क्षेत्र नं.५ का संयोजकमा भुरत नारायण राजवंशी, क्षेत्र नं.६ का संयोजकमा केदारबहादुर अधिकारी र सहसंयोजकमा रितादेवी दाहालको उम्मेदवारी रहेको छ ।







