झापाको बिर्तामोड नगरपालिका-६ को गिरीबन्धु टी-स्टेट अगाडि बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
दुर्घटनामा सुनसरीको इटहरी नगरपालिका-११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका-२ का ४२ वर्षीय राजकुमार चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइेत सबैको बीएण्डसी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
Advertisement







