चट्याङले लागेर झापाको बिर्तामोडमा एक महिलाको मृत्यु भएको छ ।
आज बिहान ११ बजेतिर वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोड नगरपालिका-३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो । बाख्रा लिन जाँदै गर्दा उनलाई चट्याङले लागेको थियो ।
घाइतेलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement







