• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने


  •    संवाददाता/ सोमबार, फागुन २४, २०७७  

  • काठमाण्डाै। पहिलेको नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ । साेमवार बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो ।

    अब प्रचण्ड नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरू एमालेमै फर्कने भएका छन् भने माओवादी केन्द्रका नेताहरू माओवादी केन्द्रमै फर्कने भएका छन् । साेमवार चार घण्टा पेरिसडाँडामा बसेको स्थायी बैठकले सर्वोच्च अदालतको आदेशअनुसार अब पूर्व पार्टीमै फर्कने निर्णय गरेको हो ।

    Advertisement

    समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाको रूपमा फैसला गर्ने निष्कर्ष निकालेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बैठकले सर्वोच्च अदालतले गरेको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर गरिएको राजनीतिक फैसलाको रूपमा लिइएको छ ।

    Advertisement

    पार्टीको नाम सम्बन्धमा परेको रिट निवेदन हुँदा हुँदै नामको बारेमा निष्कर्ष निकाल्नुपर्ने आदेश गर्नुपर्ने यसको उत्तरदायित्व, जिम्मेवारी हुँदा हुँदै त्योभन्दा बाहिर गएर फैसला गरिएको छ ।

    पार्टीको नामको बारेमा रिट निवेदकको दाबीअनुसार फैसला हुँदा हामीले त्यसलाई स्वागत नै गर्ने थियौँ तर रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर कुनै राजनीतिक पार्टीको एकता गर्ने/नगर्ने र कुनै एकीकृत पार्टीलाई विभाजन गर्ने जुन फैसला सर्वोच्च अदालतले सुनाएको छ, त्यसप्रति हाम्रो गम्भीर असहमति छ ।

    यो अस्वाभाविक छ । अनुपयुक्त छ । गलत छ र त्यसैले यो फैसलाप्रति हाम्रो गम्भीर असहमति हामीले राखेका छौँ । यस सन्दर्भमा हामीले राजनीतिक रूपमा आफ्नो दृष्टिकोण र विचार राख्ने र त्यसलाई अगाडि बढाउने, कानुनी ढङ्गले पनि उपयुक्त उपचार खोज्ने, सङ्घर्ष गर्ने प्रक्रिया पनि अगाडि बढाउने छौँ ।’

    पूर्वएमालेका नेताहरूले अब एमालेमै फर्केर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.