इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्ननिर्माणका लागि वीरता जेसीजले आर्थिक सहयोग गरेको छ ।
जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएका इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुन: निर्माणमा सहयोग पुर्याउने उद्देश्यले वीरता जेसीजको तर्फबाट सङ्कलन गरिएको ७१ हजार रुपैंया रकम इलाका प्रहरी कार्यालय पुन: निर्माण टिमलाई हस्तान्तरण गरिएको वीरता जेसीजका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
उनले भने यो योगदान केवल रकम मात्र होइन, यो हाम्रो सहानुभूति एकता र सामाजिक उत्तरदायित्वको प्रतीक हो । अध्यक्ष कुँवरले यो यात्रामा साथ र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिए ।
Advertisement







