• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा आत्महत्या गर्नेको संख्या बढ्यो


  •    संवाददाता/ सोमबार, असोज ०६, २०८२  

  • जेनजी आन्दोलनपछि झापामा आत्महत्या गर्नेहरुको संख्या बढेको छ । आइतबार मात्र एकैदिन चार जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

    शिवसताक्षी-७ घर भई दमक-१० घुमाउने टोलस्थित बेनु बासकोटाको घरमा कोठा भाडा लिई बस्ने ३४ वर्षीय निरबहादुर बुढाक्षेत्री, मेचीनगर-२ थापा चोक बस्ने ४४ वर्षीय कुमार गिरी, भद्रपुर-५ बस्ने ६२ वर्षीय भिमबहादुर दर्जी र कन्काई-५ तुलसीबारी बस्ने ४६ वर्षीय हर्कबहादुर बि.क.ले हिजो एकैदिन झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    Advertisement

    अघिल्लो दिन मात्र हल्दिवारी-२ जीवनवारी बस्ने ९ वर्षीय आयुष राजवंशी र मोरङ मिक्लाजुङ-३ घर भई बिर्तामोड-४ पुरानो भद्रपुर रोडस्थित प्रतिमा कार्कीको घरमा डेरा गरी बस्ने १७ वर्षीया हरिकला काफ्लेले झुन्डिएर आत्महत्या गरेका थिए ।

    Advertisement

    असोज १ देखि ५ गतेसम्म झापामा आठ जनाले झुन्डिएर आत्महत्या गरिसकेका छन् भने तीन जनाले विष सेवन गरेका छन् । जेनजी आन्दोलनपछि बालबालिका र युवामा गहिरो मानसिक आघात र अविश्वासको अवस्था देखिएको अध्ययनले देखाएको छ ।

    सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप) को एक अध्ययनले नेपालमा भएको जेनजी आन्दोलनपछि बालबालिका र युवामा गहिरो मानसिक आघात र अविश्वासको अवस्था देखिएको निष्कर्ष निकालेको हो ।

    बाल अधिकारको क्षेत्रमा कार्यरत १२ वटा संस्थाको सहकार्यमा गरिएको उक्त अध्ययनले आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट भएको अत्यधिक बल प्रयोगका कारण बालबालिका तथा युवाहरूको मृत्यु भएको, उनीहरू घाइते भएको, मनपरी रूपमा पक्राउ गरिएको र गहिरो मानसिक आघात परेको देखाएको हो । प्रतिदिन दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.