झापाको मेचीनगर नगरपालिका वडा नंं.१२ मा लागु औषध नियन्त्रण तथा वडामा शान्ति र सुरक्षा कायम गर्न समिति गठन गरिएको छ ।
मेचीनगर नगर कार्यपालिका सदस्य अमित खम्बूको संयोजकत्वकमा भएको भेलाले पछिल्लो समय मेचीनगर नगरपालिका वडा नंं.१२ मा लागु औषध कारोबार तथा सेवनकर्ताको संख्या बढ्दै गएपछि यसको नियन्त्रण तथा समाजमा शान्ति सुव्यवस्था कायम गर्दै वडालाई रचनात्मक तरिकाले अघि बढाउने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ ।
उक्त भेलाले अमित खम्बूको संयोजकत्वकमा १९ सदस्यीय समिति चयन गरेको छ ।
समितिको सदस्यहरुमा सन्जित मेचे, सन्त राई, अनुप दाहाल, विजय मेचे, ब्रिटिश नेम्वाङ, बद्रि विष्ट, रविन मेचे, वादल मेचे (साउन), राजन चिमरिया सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा उमाकान्त अधिकारी, सन्तोष मेचे, राजेन्द्र सापकोटा, यलम्बर कन्दंवा, रेवत दाहाल, नन्दु भाइ मेनवाङ्ग, जगन भट्टराई, बाबुलाल राजवंशी र उमेश खतिवडा रहेका छन् ।







