• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधाराले सबै वडाको सेवा नगरबाटै प्रवाह गर्ने


  •    संवाददाता/ बुधबार, असोज ०१, २०८२  

  • झापाको अर्जुनधारा नगरपालिकाले सबै वडाको सेवा नगरबाटै प्रवाह गर्ने भएको छ ।

    नगरकार्यपालिकाको बुधवार बसेको कार्यपालिका बैठकले नगरका सबै वडाको सेवा पालिकाबाटै दिने निर्णय गरेको हो ।

    Advertisement

    गत भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा भएको नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयमा तोडफोड तथा आगजनी भएर भौतिक संरचना, कार्यालय सामग्री तथा अभिलेखहरुमा पूर्ण क्षति पुगेको छ ।

    Advertisement

    तत्काल वडा कार्यालयबाट नियमित सेवा प्रवाह गर्ने अवस्था नरहेकाले वडा कार्यालयबाट प्रदान गर्नुपर्ने अतिआवश्यक सेवा प्रवाहका लागि वैकल्पिक व्यवस्था अनुरुप नगरपालिकाको कार्यालयको सभाहलमा सबै वडाहरुको अतिआवश्यक सेवा प्रवाह गर्ने निर्णय गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिए ।

    उक्त बैठकमा जेनजी समूहले गरेको आन्दोलन, त्यस दौरान उत्पन्न विध्वंसात्मक गतिविधि एवम् पछिल्लो समय उत्पन्न विषम परिस्थितिको समीक्षात्मक छलफल समेत गरिएको छ । बैठकमा नगरका सबै वडाध्यक्षहरुले आ-आफ्नो वडाको अवस्थाका सम्बन्धमा जानकारी गराएका थिए ।

    आन्दोलनको क्रममा यस नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालयको भौतिक संरचना, मेसिनरी औजार उपकरण तथा सवारी साधनहरु, महत्वपूर्ण अभिलेख लगायत कागजातहरुमा अपुरणीय क्षति भएको छ ।

    सार्वजनिक सम्पत्तिहरुमा तोडफोड तथा आगजानी गर्ने व्यक्तिहरुको पहिचान गरी तिनलाई प्रचलित कानून बमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकायमा आग्रह गर्ने बैठकले निर्णयसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.