झापाको दमकमा रहेको मालपोत र नापी कार्यालय आगजनी हुनबाट कर्मचारीहरुले जोगाएका छन् ।
नापी कार्यालय दमकका सर्वेक्षक नारायण सापकोटासहितका कर्मचारीहरुले आन्दोलनकारीलाई सम्झाएर फर्काउँदै नापी र मालपोत कार्यालय आगजनी हुनबाट जोगाएका हुन् ।
जेनजी आन्दोलनका क्रममा दुई वटा अराजक समूहले मालपोत र नापीमा आगजनीको प्रयास गरेका थिए । २-३ जनाको समूहले सुरुमा मालपोत कार्यालयमा लगाएको आगो स्थानीयको सहयोगमा कर्मचारीले नियन्त्रणमा लिए । फेरि आएको अर्को समूहले मालपोत कार्यालयमा तोडफोड गर्दै आगजनीको प्रयास गरेका छन् ।
Advertisement
आगजनीका लागि कार्यालय प्रवेश गरेकाहरूलाई आफू नै आन्दोलनकारीजस्तो बनेर सम्झाउँदै कार्यालयबाट बाहिर निकालेको उनले बताए ।
जेनजी युवाहरुको प्रदर्शनको क्रममा दमकका सबैजसो सरकारी कार्यालयहरु आगजनी हुँदा मालपोत र नापी कार्यालय जोगिएका छन् ।







