झापा अर्जुनधाराको जुकेखाडीमा एक जनाको हत्या भएको छ ।
गएराति करिब १२ बजे दुर्गापुर-दानाबारी सडकखण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अबस्थामा एकजनाको शव फेला परेको हो ।
उक्त शव अर्जुनधारा नगरपालिका वडा नं.३ जुकेखाडी निवासी कोशी भनेर चिनिने विजय लिम्बूको भएको बताइएको छ । टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ ।
Advertisement
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







