नेपाल र बङ्गलादेशबीच दशरथ रङ्गशालामा आज साँझका लागि तय भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ ।
देशको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै खेल स्थगित गर्ने निर्णय गरिएको एन्फाले हिजो साँझ विज्ञप्ति निकालेर जनाएको हो ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाडौँसहित देशभर अप्रिय घटना भएपछि खेल नहुने भएको हो । दुई देशबीच गएको शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
Advertisement







