जेन-जीको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा झापामा ५७ जना घाइते भएका छन् ।
झडपमा घाइते हुनेहरुमा १४ जना प्रदर्शनकारी रहेका छन् । त्यसमध्ये ६ जनालाई गोली लागेको छ ।
त्यस्तै सुरक्षाकर्मीतर्फ जनपद २५ जना र सशस्त्र १२ जना रहेका छन् । घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोड, नोवल अस्पताल विराटनगर, दमक अस्पताल दमकलगायतका अस्पतालहरुमा उपचार भइरहेको छ ।
Advertisement
प्रदर्शनकारीलाई रोक्न प्रहरीले करिव ५० राउण्ड गोली प्रहार गरेको छ भने जिल्लाभरि ८५ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । दमकमा ९ जना र बिर्तामोडमा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







